8th March | 2021 | Monday | 8:41:19 PM

काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : पुष १४, २०७७ (४:४० PM)

काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९८  जना कोरोना संक्रमित थपिएका छन्। 

योसँगै उपत्यकामा एक लाख २० हजार ७७९ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३२४ , ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

पछिल्लो २४ घण्टामा देशभर ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ । 

मंगलबार मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।  यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ ।      


Views: 82