8th March | 2021 | Monday | 9:19:57 PM

देशभर थप ५११ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : पुष १५, २०७७ (५:०३ PM)

देशभर थप ५११ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ  । पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

आज थपिएका संक्रमितसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ थियो ।

पछिल्लो २४ घण्टामा थप ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ९१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४७ पुगेको छ ।


Views: 102