काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ कोरोना संक्रमित थपिएका छन् ।
आज थपिएका संक्रमित मध्ये काठमाडौंमा २ सय २५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना हुन्।
पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज थपिएका संक्रमितसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ९१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४७ पुगेको छ ।
Views: 76