काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ ।
विगत २४ घण्टामा ६ हजार जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४ सय ७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३१२ जनामा कोरोना संक्रमण भेटिएको छ ।
योसँगै उपत्यकामा एक लाख २० हजार ३३८ जना व्यक्ति संक्रमित भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २२५ , ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनालाई कोरोना संक्रमण देखिएको छ।
बिहीबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६२ जना क्वारेन्टाइनमा छन्।
बिहीबार मात्र ४ सय ४७ जना संक्रमणमुक्त भएकाा छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेकोे छ ।
Views: 86