8th March | 2021 | Monday | 9:17:48 PM

थप ९ कोरोना संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : पुष १६, २०७७ (४:३५ PM)

थप ९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बिहीबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ ।

विगत २४ घण्टामा ६ हजार जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४ सय ७७ पुगेको छ। 

बिहीबार मात्र ४ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।  यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेकोे छ ।


Views: 80