काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय २६ जनामा कोरोना संक्रमण भेटिएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७ सय २ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ।
हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन् ।
गत २४ घण्टामा ७ सय ४८ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको मन्त्रालयले जनाएको छ।
Views: 84