काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ३४, भक्तपुरमा १५ र ललितपुरमा १८ जना संक्रमित भेटिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर ४ सय २६ जनामा कोरोना संक्रमण भेटिएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ।
हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन् ।
गत २४ घण्टामा ७ सय ४८ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको मन्त्रालयले जनाएको छ।
Views: 83