काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार जनाको पिसिआर परीक्षण भएकोा थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४२ हजार ७ सय २ पुगेको छ ।
हाल ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७० पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ७ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।
Views: 109