8th March | 2021 | Monday | 9:04:44 PM

थप ७५० जना कोरोना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : पुष १८, २०७७ (४:३५ PM)

थप ७५० जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।      

पछिल्लो २४ घण्टामा देशभर थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार जनाको पिसिआर परीक्षण भएकोा थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४२ हजार ७ सय २ पुगेको छ । 

हाल ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७० पुगेको मन्त्रालयले जनाएको छ।

 


Views: 77