8th March | 2021 | Monday | 9:37:01 PM

देशभर थप ४२१ जनामा कोरोना संक्रमण, थप ८ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : पुष १९, २०७७ (५:०८ PM)

देशभर थप ४२१ जनामा कोरोना संक्रमण, थप ८ संक्रमितको मृत्यु

काठमाडौं  ।  पछिल्लो २४ घण्टामा देशभर ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिनुभएको हो ।

 उहाँका अनुसार गत २४ घण्टामा ५ हजार ८ सय जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४८ हजार ५ सय २ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप ६३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५४ हजार ४९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्। 


Views: 91