2nd March | 2021 | Tuesday | 6:42:32 AM

थप १०२ जना कोरोना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ११, २०७७ (५:०७ PM)

थप १०२ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट १०२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म दुई लाख ७० हजार ६८ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हाल ६५ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार २१८ जनाको पिसिआर परीक्षण भएको थियो । 

मन्त्रालयले हालसम्म २१ लाख ४६ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको जनाएको छ । 

पछिल्लो २४ घण्टामा चार जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा दुई हजार ६५ जनाको मृत्यु भएको छ ।


Views: 34