17th April | 2021 | Saturday | 3:13:42 AM

कोरोनाबाट मृत्यु हुनेको संख्या थपियो

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १२, २०७७ (६:५५ PM)

कोरोनाबाट मृत्यु हुनेको संख्या थपियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकाको कुल संख्या सच्याएको छ । 

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को छानबिन समितिको प्रतिवेदन अनुसार कोरोनाबाट मृत्यु भएकाको संख्या ६१८ थपिएको हो ।

कोरोनाबाट बुधबार १ जनाको मृत्यु भएको र विगतमा नमिलेको तथ्यांक सच्याउँदा ६१८ मृतकको संख्या थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ ।

डा. गौतमका अनुसार घरमा मृत्यु भएकाको पीसीआर रिपोर्ट पोजिटिभ भएको, कतिपयमा कोरोनाको लक्षण देखिएकाले पनि मृतकको संख्या थपिन गएको हो ।


Views: 88