18th May | 2021 | Tuesday | 8:07:36 AM

थप ४८ जना कोरोना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १५, २०७७ (५:४७ PM)

 थप ४८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभरबाट थप ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्  । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा देशभर थप ८१ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २ हजार ८ सय २४ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ६० हजार ४ सय ४ पुगेको छ। 

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७३ पुगेको छ। 


Views: 142