18th May | 2021 | Tuesday | 6:15:45 AM

देशभर थप ७८ जनामा कोरोना संक्रमण, ८२ जना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १६, २०७७ (४:४८ PM)

देशभर थप ७८ जनामा कोरोना संक्रमण, ८२ जना संक्रमणमुक्त

काठमाडौं  । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३२ जनाको पिसिआर परीक्षण भएको थियो ।  यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ६२ हजार ९ सय ३६ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७४ पुगेको छ। हाल ६८ जना क्वारेन्टाइनमा छन्। 

पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ पुगेको मन्त्रालयले जनाएको छ। 


Views: 92