17th April | 2021 | Saturday | 10:42:07 PM

देशभर थप ७३ जनामा कोरोना संक्रमण, थप तीन जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १७, २०७७ (४:३१ PM)

देशभर थप ७३ जनामा कोरोना संक्रमण, थप तीन जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ४९ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ६५ हजार ९ सय ८५ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार ७ सय ७७ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ। 


Views: 87