18th May | 2021 | Tuesday | 8:03:40 AM

देशभर थप ७८ जनामा कोरोना संक्रमण, ७२ जना संक्रमणमुक्त

  POSTED ON : फाल्गुन १८, २०७७ (४:३२ PM)

देशभर थप ७८ जनामा कोरोना संक्रमण, ७२ जना संक्रमणमुक्त

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय ९४ जना पुगेको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार १ सय २७ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ७० हजार १ सय १२ पुगेको छ। 

विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। विगत २४ घण्टामा ७२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ। 


Views: 106