11th April | 2021 | Sunday | 7:40:10 PM

देशभर थप ६७ जनामा कोरोना संक्रमण, ६२ जना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १९, २०७७ (५:२७ PM)

देशभर थप ६७ जनामा कोरोना संक्रमण, ६२ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यसै अवधिमा देशभरबाट ६२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा पछिल्लो २४ घण्टामा तीनहजार ३९९ जनाको पिसिआर परीक्षण भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार ३६१ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ६०५ जना निको भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलव ६ प्रतिशत निको भएका छन् । हाल ७६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल ७६६ जना आइसोलेशनमा र ५९ जना क्वारेन्टिनमा छन् । हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।


Views: 66