11th April | 2021 | Sunday | 7:30:59 PM

देशभर थप ४७ जनामा कोरोना संक्रमण, ६२ संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २२, २०७७ (५:१८ PM)

देशभर थप ४७ जनामा कोरोना संक्रमण, ६२ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४७ जना कोरोनामा संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ५५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३५ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ८८ हजार ७ सय २५ पुगेको छ। 

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। 

विगत २४ घण्टामा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको मन्त्रालयले जनाएको छ। 


Views: 57