18th May | 2021 | Tuesday | 7:47:20 AM

देशभर थप ५९ जनामा कोरोना संक्रमण, ६० जना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २५, २०७७ (५:०६ PM)

देशभर थप ५९ जनामा कोरोना संक्रमण, ६० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार विगत २४ घण्टामा २ हजार ७१५ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ९९हजार ९५० पुगेको छ। 

पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार १२ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ९८७ पुगेको मन्त्रालयले जनाएको छ।


Views: 93