18th May | 2021 | Tuesday | 7:19:14 AM

देशभर थप ९७ जनामा कोरोना संक्रमण, ६६ जना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २७, २०७७ (६:१२ PM)

देशभर थप ९७ जनामा कोरोना संक्रमण, ६६ जना संक्रमणमुक्त

काठमाडौं  । पछिल्लो २४ घण्टामा देशभर थप ९७ जनामा कोरोना भाइरससंक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४४ सय ८४ स्वाब नमूना परीक्षण भएको थियो ।

 आज थपिएका संक्रमितसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।  

बिहीबार थप ६६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।  योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार  ११६ पुगेकोे छ । 

देशभर ९४२ सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ ।

 बिहीबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।


Views: 79