18th May | 2021 | Tuesday | 7:55:32 AM

देशभर थप ४८ जनामा कोरोना संक्रमण, ६१ संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २८, २०७७ (४:५९ PM)

देशभर थप ४८ जनामा कोरोना संक्रमण, ६१ संक्रमणमुक्त

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर थप ४८ जना कोरोना संक्रमित पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ११८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख १० हजार ४३४ पुगेको छ। 

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। विगत २४ घण्टामा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार १७७ पुगेको मन्त्रालयले जनाएको छ।


Views: 93