18th May | 2021 | Tuesday | 8:17:20 AM

देशभर थप ७९ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : चैत्र २, २०७७ (५:०४ PM)

देशभर थप ७९ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ३११ पिसिआर परीक्षण भएको थियो । आज थपिएका संक्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ । मन्त्रालयले हाल ८९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोही पनि कोरोना सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले उल्लेख गरेको छ । कोरोनाबाट हालसम्म नेपालमा तीन हजार १४ जनाको मृत्यु भएको हो । हाल ४४ जना क्वारेन्टिनमा छन् । 

हालसम्म नेपालमा २२ लाख १८ हजार ७२२ जनाको पिसिआर परीक्षण गरिएको छ ।


Views: 75