18th May | 2021 | Tuesday | 7:53:31 AM

वीर अस्पतालका निर्देशकको कार्यकाल सकियो, निर्देशक बन्न चिकित्सकबीच प्रतिस्पर्धा

हिमालय टाइम्स   POSTED ON : चैत्र ३, २०७७ (४:१९ PM)

वीर अस्पतालका निर्देशकको कार्यकाल सकियो, निर्देशक बन्न चिकित्सकबीच प्रतिस्पर्धा

काठमाडौं । चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल) का निर्देशक डा. केदार सेञ्चुरीको कार्यकाल चैत १ बाट सकिए सँगै निर्देशक बन्न डा. भुपेन्द्र बस्नेत,डा. बिष्णु बहादुर बस्नेत, डा. दिपेन्द्र श्रेष्ठ, डा. रमिला जोशी, डा. इन्द्रकुमार झा, डा. सञ्जय ठाकुर, डा. दिपक दत्त, डा. रुद्रकुमार मरासिनी दौडमा हुनुहुन्छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐनअनुसार प्रतिष्ठानका उपकूलपतिको सिफारिसमा सहकुलपति एवं स्वास्थ्यमन्त्रीले निर्देशक नियुक्ति गर्छन्।

स्रोतका अनुसार उपकूलपति साह डा. भुपेन्द्र, डा. मरासिनी र डा. दिपेन्द्रलाई सिफारिस गर्ने तयारी रहेको छ ।

अघिल्लो कार्यकालमा अस्पताल व्यवस्थापनमा राम्रो दक्षता देखाएका कारण अस्पतालका कर्मचारीहरू डा. भुपेन्द्र नै आउनुपर्ने बताउँदै आएका छन् ।



Views: 153