18th May | 2021 | Tuesday | 6:57:50 AM

देशभर थप ११४ जनामा कोरोना संक्रमण, ९४ जना संक्रमणमुक्त

  POSTED ON : चैत्र ३, २०७७ (५:३९ PM)

देशभर थप ११४ जनामा कोरोना संक्रमण, ९४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २ हजार ७९० जनामा गरिएको पिसिआर परीक्षण भएको थियो । 

हालसम्म  २२ लाख २१ हजार ५१२ जनामा गरिएको पिसिआर परीक्षणमा २ लाख ७५ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसो सँगै निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार ४९५ पुगेको छ।

पछिल्लो २४ घण्टामा कुनै संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३ हजार १४ जना  संक्रमितको मृत्यु भएको छ ।


Views: 71