18th May | 2021 | Tuesday | 6:31:00 AM

काठमाडौं उपत्यकामा ५३ सहित देशभर थप ९४ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : चैत्र ४, २०७७ (४:५६ PM)

काठमाडौं उपत्यकामा ५३ सहित देशभर थप ९४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर  थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७८१ पिसिआर परीक्षण गरिएको थियो ।

नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ ।  यस्तै, नेपालमा ५५ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ । मन्त्रालयले हाल ९५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । जसअनुसार भक्तपुरमा ११, ललितपुरमा १३ र काठमाडौं जिल्लामा २९ सहित ५३ थपिएका हुन् ।


Views: 82