18th May | 2021 | Tuesday | 7:32:07 AM

देशभर थप १२५ जनामा कोरोना संक्रमण, १२३ संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : चैत्र ६, २०७७ (५:२८ PM)

देशभर थप १२५ जनामा कोरोना संक्रमण, १२३ संक्रमणमुक्त

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

तीन हजार १६१ जनाको पीसीआर परीक्षण गरिएकोमा १२५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको छ । 

पछिल्लो २४ घण्टामा १२३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म दुई लाख ७१ हजार ७३३ जना निको भएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ । 

नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार १६ जनाको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको हो ।

हाल एक हजार एक जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । 


Views: 56