18th May | 2021 | Tuesday | 6:48:15 AM

देशभर थप ७९ जनामा कोरोना संक्रमण, ८२ संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : चैत्र ७, २०७७ (५:०८ PM)

देशभर थप ७९ जनामा कोरोना संक्रमण, ८२ संक्रमणमुक्त

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप  ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २६३७ मा पिसिआर परीक्षण भएको थियो । 

आज थपिएका संक्रमितसहित  नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ।

पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ८१५ पुगेको छ।

Views: 55