18th May | 2021 | Tuesday | 6:22:59 AM

देशभर थप ७७ जनामा कोरोना संक्रमण, १०६ जना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : चैत्र ८, २०७७ (५:१० PM)

देशभर थप ७७ जनामा कोरोना संक्रमण, १०६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ जना पुगेको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ३६ हजार ५ सय २६ पुगेको छ। 

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।  पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको मन्त्रालयले जनाएको छ।


Views: 78