18th May | 2021 | Tuesday | 8:14:48 AM

देशभर थप १०५ जनामा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : चैत्र ९, २०७७ (४:५७ PM)

देशभर थप १०५ जनामा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना पुष्टि भएको छ  । चार हजार ४७२ जनाको पिसिआर परीक्षण गरिएको १०५ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको गरेको छ । 

पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।

पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म दुई लाख ७२ हजार २० जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एकहजार १७ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ५१ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ ।


Views: 71