18th May | 2021 | Tuesday | 6:58:53 AM

देशभर थप १८८ जनामा कोरोना संक्रमण, ७७ संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : चैत्र १०, २०७७ (४:४४ PM)

देशभर थप १८८ जनामा कोरोना संक्रमण, ७७ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको पिसिआर परीक्षण भएको थियो ।

 पछिल्लो २४ घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन् ।  योसँग हालसम्म दुई लाख ७२ हजार ९७ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एकहजार १२८ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार हाल निको हुने दर ९८.६ प्रतिशत छ । 

पछिल्लो २४ घण्टामा कुनै संक्रमितको मृत्यु भएको छैन । हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।


Views: 64