18th May | 2021 | Tuesday | 8:06:57 AM

परिस्थितिअनुसार जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्ने – सहप्रवक्ता अधिकारी

हिमालय टाइम्स   POSTED ON : चैत्र ११, २०७७ (५:३० PM)

परिस्थितिअनुसार जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्ने – सहप्रवक्ता अधिकारी

काठमाडौं । सरकारले कोरोना संक्रमित संख्या उच्च भएमा परिस्थितिअनुसार जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्ने बताएको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जन स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले संक्रमितको संख्या बढेसँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

‘संक्रमित संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।’ सहप्रवक्ता अधिकारीले बताउनु भयो ।

चैत १५ र १६ गते मनाइने फागू पर्व (होली)लाई घरमै रहेर मनाउन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

त्यसैगरी उहाँले बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन आग्रह गर्नुभयो ।

भारत र नेपाल सीमावर्ती नाकामा हेल्थ डेस्कको व्यवस्था गर्न र आवश्यक सुरक्षा पनि सरकारले गर्ने उहाँले बताउनु भयो ।

पछिल्ला केही दिनदेखि नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । 

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ । कोरोना संक्रमण दर बढ्न थालेपछि भारतका विभिन्न राज्यका प्रमुख सहरमा लकडाउन गरिएको छ ।


Views: 54