11th April | 2021 | Sunday | 7:01:34 PM

देशभर थप ३३९ जनामा कोरोना संक्रमण, ७४ जना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : चैत्र २५, २०७७ (७:३९ PM)

देशभर थप ३३९ जनामा कोरोना संक्रमण, ७४ जना संक्रमणमुक्त

काठमाडौं  ।  पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पिसिआर परीक्षणमा २९८ र एन्टिजिन परीक्षणमा ४१ गरी ३ सय ३९ जनामा कोरोना पोजिटिभ आएको हो।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ८ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो  २४ घण्टामा ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ जना पुगेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार हाल ६५ जना क्वारेन्टाइनमा छन्।


Views: 56