16th May | 2021 | Sunday | 2:54:09 AM

देशभर थप ३०३ जनामा कोरोना संक्रमण, उपत्यकामा १५४ संक्रमित थपिए

हिमालय टाइम्स   POSTED ON : चैत्र २९, २०७७ (४:४३ PM)

देशभर थप ३०३ जनामा कोरोना संक्रमण, उपत्यकामा १५४ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार १२५ जनाको पिसिआर परीक्षण गरिको थियो ।

मन्त्रालयको कोभिड १९ सम्बन्धी जानकारी सार्बजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार २८ पुगेको जानकारी गराएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ६४ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उक्त संख्या आरटीपीसीआरबाट सङ्क्रमणको पुष्टि भएकामा जोडिएको छैन ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।  जसअनुसार ११ जना भक्तपुरमा, १५ जना ललितपुरमा र १२८ जना काठमाडौंमा सङ्क्रमितको पहिचान गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा १४१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म दुई लाख ७४ हजार २७ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा कोभिड सङ्क्रमणले एक ब्यक्तिको मृत्युको पुष्टि भएको छ ।

 हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ४० जनाको मृत्यु भएको छ ।

हाल दुई हजार ९६१ जना आइसोलेशनमा र ८३ जना क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख १२ हजार ९०१ जनाको पिसिआर परीक्षण गरिएको छ ।


Views: 122