16th May | 2021 | Sunday | 7:01:39 PM

देशभर थप ५१७ जनामा कोरोना पुष्टि, पाँच संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : चैत्र ३१, २०७७ (५:३६ PM)

देशभर थप ५१७ जनामा कोरोना पुष्टि, पाँच संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ६० जना पिसिआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो। 

यो सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ जना पुगेको छ । जसमध्ये ३ हजार ६ सय ८ जना आइसोलेसनमा छन्। यसअघि सोमबार ५ सय ५९ जना कोरोना संक्रमित भेटिएका थिए। 

पछिल्ले २४ घण्टामा ५ हजार २ सय ३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख २१ हजार ६ सय ७० पुगेको छ । 

पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५८ पुगेको छ। हाल ८५ जना क्वारेन्टाइनमा छन्। 


पछिल्लो २४ घण्टामा १ सय ५३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस अनुसार काठमाडौंमा १ सय ६१, ललितपुरमा २८ र भक्तपुरमा १२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। 


Views: 100