16th May | 2021 | Sunday | 7:04:10 PM

कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि सात बजेपछि रेष्टुरेन्ट बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल

हिमालय टाइम्स   POSTED ON : बैशाख २, २०७८ (५:११ PM)

कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि सात बजेपछि रेष्टुरेन्ट बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि ७ बजेपछि होटल तथा रेष्टुरेन्टमा सहभागि नहुन अपिल गरेको छ ।

कोरोनाबाट अति संवेदनशिल क्षेत्र घोषणा गर्दै ती क्षेत्रमा भीडभाड नगर्न सार्वजनिक अपिल जारी गरेको हो ।

सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा ती जिल्लाका रेष्टुरेन्ट, क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा, जात्राहरु, सभा, सम्मेलन बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुलमा सहभागि नभइ दिनको लागि आग्रह गरिएको छ ।

मन्त्रालयले अति जोखिममा राखेका जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुंग रहेका छन्।


Views: 146