16th May | 2021 | Sunday | 7:09:39 PM

देशभर थप ५३४ जनामा कोरोना संक्रमण, पाँच संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : बैशाख २, २०७८ (५:५५ PM)

देशभर थप ५३४ जनामा कोरोना संक्रमण, पाँच संक्रमितको मृत्यु

काठमाडौं  । पछिल्लो २४ घण्टामा देशभर थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ५८८ जनामा आरटी पिसिआर र ५६४ जनामा एन्टिजेन गरी ४ हजार १५२ जनाको कोरोना परीक्षण गर्दा ५३४ जनामा कोरोना पुष्टि भएको हो । जस अनुसार  ४९० जनामा पिसिआर र ४४ जनामा एन्टिजेन पोजिटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ।

आज थपिएका संक्रमित मध्ये १९६ जना काठमाडौं उपत्यकाका भएको मन्त्रालयले जनाएको छ । जस अनुसार काठमाडौंमा १४५, भक्तपुरमा ८, ललितपुरमा ४३  जना रहेका छन् ।

 यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५७ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।

हाल देशभर ४ हजार ३८४ जना संक्रमित आइसोलेसनमा रहेका छन्।

देशभर ९१ जना आइसीयु र ३५ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार  ६८ जना क्वारेन्टाइनमा रहेका छन्।


Views: 79