16th May | 2021 | Sunday | 1:39:51 AM

देशभर थप ९ सय जनामा कोरोना संक्रमण, चार संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : बैशाख ३, २०७८ (५:३६ PM)

देशभर थप ९ सय जनामा कोरोना संक्रमण, चार संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ५५७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । । यस्तै, ६३१ वटा एन्टिजिन परीक्षणमा ६४ जना सङ्क्रमितको पहिचान गरिएको छ ।

मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८०९ पुगेको जानकारी गराएको छ ।

पछिल्लो २४ घण्टामा २०८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  योसँगै हालसम्म दुई लाख ७४ हजार ८१२  जना निको भइसकेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ७० जनाको मृत्यु भएको छ ।

हाल पाँच हजार आठजना आइसोलेशनमा र ७७  जना क्वारेन्टिनमा छन् ।


Views: 65