16th May | 2021 | Sunday | 3:29:26 AM

काठमाडौं उपत्यकामा ३९५ सहित देशभर थप ८४३ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : बैशाख ४, २०७८ (५:४३ PM)

काठमाडौं उपत्यकामा ३९५ सहित देशभर थप ८४३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९५ सहित देशभर थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 कुल संक्रमितमध्ये ३९५ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा ३१२, ललितपुरमा ७४ र भक्तपुरमा ९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। 

त्यसैगरी देशभर ८४३ कोरोना संक्रमित थपिएका छन्। ६ हजार ४ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा ८४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार ७६८ पिसिआर र एन्टीजेन परीक्षणमा ७५ जनाको गरी ८४३ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ जना पुगेको छ। जसमध्ये ५ हजार ५ सय ४५ जना आइसोलेसनमा छन्। यसअघि शुक्रबार ९ सय जना कोरोना संक्रमित भेटिएका थिए। 

हालसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख ४० हजार ४ सय १७ पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ७५ पुगेको छ। 

पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमणमुक्त भएका छन् ।  यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ । हाल ७४ जना क्वारेन्टाइनमा छन् । 


Views: 54