16th May | 2021 | Sunday | 2:34:31 AM

थप ७४४८ जनामा कोरोना संक्रमण, ३७ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : बैशाख २०, २०७८ (५:४५ PM)

थप ७४४८ जनामा कोरोना संक्रमण, ३७ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप सात हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार १६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि हो ।

कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्। 

हाल २१२  जना संक्रमित क्वारेन्टाइनमा छन्। 

पछिल्लो २४ घण्टामा दुई हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ३६२ पुगेको छ।


Views: 51