16th May | 2021 | Sunday | 1:59:56 AM

काठमाडौं उपत्यकामा एकैदिन थपिए ३ हजार ६६६ जना कोरोना संक्रमित

हिमालय टाइम्स   POSTED ON : बैशाख २०, २०७८ (५:४८ PM)

काठमाडौं उपत्यकामा एकैदिन थपिए ३ हजार ६६६ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । 

पछिल्लो २४ घण्टामा देशभर थप सात हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार १६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि हो ।

कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्। 

हाल २१२  जना संक्रमित क्वारेन्टाइनमा छन्।  पछिल्लो २४ घण्टामा दुई हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ३६२ पुगेको छ।


Views: 49