16th May | 2021 | Sunday | 3:15:33 AM

उपत्यकामा एकैदिन ३८९३ जना कोरोना संक्रमित थपिए

हिमालय टाइम्स   POSTED ON : बैशाख २१, २०७८ (५:३५ PM)

उपत्यकामा एकैदिन ३८९३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ८९३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर थप सात हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन्। हाल २५३ जना संक्रमित क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा एक हजार ७७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  

पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो ।

 यो सहित नेपालमा मृतकको संख्या ३ हजार ४१७ पुगेको छ ।


Views: 79