15th June | 2021 | Tuesday | 9:06:46 AM

देशभर थप ८५२० जनामा कोरोना संक्रमण, २०३ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : बैशाख ३१, २०७८ (६:१० PM)

देशभर थप ८५२० जनामा कोरोना संक्रमण, २०३ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार  ५२०  जनामा कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २० हजार ९४८  जनाको पीसीआर विधि र ५३० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा  आठ हजार ५२९   जना संक्रमित पुष्टि भएको हो ।

 पछिल्लो २४ घण्टामा २०३ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ । 

हाल सक्रिय संक्रमितको संख्या एक लाख ७ ३३६ हजार पुगेको छ ।  ५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६  हजार १३५ जना व्यक्ति निको भएका छन्।  


Views: 68