15th June | 2021 | Tuesday | 10:15:21 AM

काठमाडौं उपत्यकामा थप ३,३४९ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टाइम्स   POSTED ON : बैशाख ३१, २०७८ (६:२६ PM)

काठमाडौं उपत्यकामा थप ३,३४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जनामा गरी कुल ३ हजार ३४९  जना थपिएको जानकारी दिनुभयो ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ५६२ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार  ५२०  जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा २० हजार ९४८  जनाको पीसीआर विधि र ५३०

जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ५२९   जना संक्रमित पुष्टि भएका हुन्। पिसिआर विधिबाट आठ हजार ४६७ र एन्टीजेन विधिबाट ५३ संक्रमित पुष्टि भएका छन्।

२४ घण्टामा २०३ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ। 

यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ७ ३३६ हजार पुगेको छ।  ५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६  हजार १३५ जना व्यक्ति निको भएका छन् ।  


Views: 85