21st June | 2021 | Monday | 1:09:47 PM

देशभर थप ५४५५ जना कोरोना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : जेठ १, २०७८ (६:२५ PM)

देशभर थप ५४५५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३ लाख ३३ हजार १८ संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १७ हजार ९७१  जनाको पीसीआर र ५७७  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १६७   जना संक्रमित पुष्टि भएका छन्। पिसिआरबाट आठ हजार ४६ र एन्टीजेन विधिबाट १२१ संक्रमित पुष्टि भएका हुन्।

पछिल्लो २४ घण्टामा १८७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ४ हजार ८५६ जनाको मृत्यु भएको छ । 

नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ ।  

६७५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 


Views: 60