21st June | 2021 | Monday | 12:03:05 PM

काठमाडौ उपत्यकामा थप २,९३७ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : जेठ १, २०७८ (६:३५ PM)

काठमाडौ उपत्यकामा थप २,९३७ जनामा कोरोना संक्रमण

काठमाडौ ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जनामा गरी कुल २ हजार ९३७ जना थपिएका हुन् । 

 शुक्रबार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ३४९ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर थप ८,१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा १८ हजार ५४८ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाए अनुसार शनिबार १ सय ८७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  

पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना निको भएका छन् ।

कूल संक्रमित संख्या ४ लाख ४७ हजार पुगेको छ । ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् ।

सक्रिय संक्रमित संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।


Views: 74