21st June | 2021 | Monday | 12:41:37 PM

एकैदिन ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि, २१४ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : जेठ ३, २०७८ (५:२४ PM)

एकैदिन ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि, २१४ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन  परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ जना संक्रमित पुष्टि भएका हुन्।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २१४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसगै हालसम्म नेपालमा ५ हजार २१५ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ५ हजार ७६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

 देशभर ७०८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 


Views: 108