21st June | 2021 | Monday | 1:22:09 PM

नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

हिमालय टाइम्स   POSTED ON : जेठ ४, २०७८ (८:०३ PM)

नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

काठमाडौं । नेपालमा भारतीय दुई भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2  र तीन प्रतिशतमा B.1.617.1  पुष्टि भएको हो ।

योसँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो । नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


Views: 156