थप ३९३८ जनामा कोरोना संक्रमण, ३७ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : श्रावण २१, २०७८ (५:२२ PM)

थप ३९३८ जनामा कोरोना संक्रमण, ३७ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४०८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८७० जनाको पिअिसार परीक्षण गर्दा ३ हजार ७ र र ६ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ९३१ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घणटमा देशभर २ हजार १२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ। 

देशभर ३४ हजार ४२२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 


Top