थप १,५६२ जनामा कोरोना संक्रमण, १९ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : भदौ २९, २०७८ (५:०० PM)

थप १,५६२ जनामा कोरोना संक्रमण, १९ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १,५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपाल कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ

सोही अवधिमा १,५८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।

 नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।


Top