कपाल झर्नुका कारण र झर्नबाट रोक्ने उपाय

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (५:३७ PM)

कपाल झर्नुका कारण र झर्नबाट रोक्ने उपाय

काठमाडौं । आजभोलि धेरैजसो मानिसहरु कपाल झर्ने समस्याबाट ग्रसित छन् । विभिन्न अध्ययनका अनुसार महिलाको तुलनामा पुरुषको कपाल बढी मात्रामा झर्ने गरेको पाईन्छ । तर, समयसमयमा काटिरहने भएकाले पनि कपाल झरेको महसुस हुँदैन । महिलाहरुको कपाल नकाटिने भएकाले पनि पातलिने र झर्ने स्पष्ट रुपमा थाहा पाइने अध्ययनले जनाउँछ ।  

कपाल झर्नुको पछाडि सामान्य तथा जटिल कारणहरु हुने गरेका छन् । मानिसको रहनसहन, हहावापानी, खानपिन जस्ता कुराहरुले पनि यसलाई प्रभाव पार्ने गरेको देखिन्छ । अर्कोतिर विभिन्न शाररिक तथा मानसिक समस्याका कारण पनि कपाल झर्ने गर्छ ।

यी हुनसक्छन् बढी कपाल झर्नुका कारण


 मानसिक तनाव

हिजो आजको व्यस्त दैनिकीमा हाम्रो शरिरबाट बढी मात्रामा उर्जा वाहिरिने गर्छ । यसकै कारण तनावको मात्रा पनि बढेर जाने गर्छ । बढी मानिसमा यस्तो देखिन्छ बढी मानसिक तनावकै कारण उनीहरुको कपाल झर्ने गर्छ । यसको कारण कपालमा अन्य समस्या पनि देखिने गर्छ ।

हर्मोनको परिवर्तन

महिलामा गर्भावस्था र प्रसवको क्रममा शरिरमा हर्मोनको मात्रामा उटारचटाव आउने गर्छ । यस्तो बेला महिलामा अत्याधिक कपाल झर्ने समस्या हुन्छ । थाइराइड हर्मोनको असन्तुलन, महिनावारी बन्द हुने या अन्य हर्मोनसम्बन्धि गडवढीको कारण तीव्र मात्रामा कपाल झर्ने समस्या हुन्छ ।

औषधी

आधुनिकतासँगै जीवनशैलीमा तिब्रगतिमा परिवर्तन आइरहेको छ । यस्तो जीवनशैलीले मानशिक कष्ट बढेर जाने गर्छ । त्यसको लागि हामी औषधी उपचारमा लाग्ने गर्छौँ । र, यसरी प्रयोग गरिने औषधी कपालको स्वास्थ्यको खराव असर पर्ने गर्छ । कुनै ड्रग्सको प्रयोग र भारी खानाको सिधा सम्बन्ध पनि कपाल झर्ने र लट्टा पर्नेसँग हुन्छ ।

गर्भधारणका बेला

गर्भधारणको अवस्थामा पनि एक किसिमको शारीरिक तनावको अवस्था हो । यस्तो अवस्थामा पनि कपाल झर्छ । डाक्टरहरुका अनुसार यो सामान्य हो र यसरी झरेको कपाल केही महिनामै पलाउँछ ।

हेरचाह तथा सरसफाईको अभाव

कति मानिसको कपाल झर्नुमा कपाल अथवा टाउनकोको आवश्यक सरसफाई नभएका कारण पनि पछि गएर कपाल झर्ने समस्या हुन सक्ने बताइन्छ । 

बढी भिटामिन सेवनका कारण

अत्यधिक मात्रामा भिटामिन सेवन र बढी औषधि सेवनले पनि कपाल झर्छ । वयस्क व्यक्तिका लागि दैनिक भिटामिनको डोज ५ हजार इन्टरनेशनल युनिट र ४ वर्षभन्दा माथिका बालबालिकाका लागि दैनिक २५ सय देखि १० हजार इन्टरनेशनल युनिट दिनसकिन्छ । तर, भिटामिन एको सेवन कम ग¥यो भने कपाल झर्न रोकिन्छ ।

प्रोटिनको अभाव

अमेरिकन एकेडेमी अफ डर्माटोलोजीका अनुसार यदि आवश्यक भएजति पनि प्रोटिन शरीरले नपाउने हो भने कपाल झर्न थाल्छ । प्रोटिनको कमी भएको दुई देखि तीन महिनाबाट कपाल झर्ने समस्या देखिन थाल्छ । त्यसैले माछा, मासु, अण्डाजस्ता बढी प्रोटिन पाइने खाद्यपदार्थ खानुपर्छ ।

बंशाणुगत कारण

कपाल झर्नुको प्रमुखमध्येको एउटा कारण भनेको बंशाणुगत पन हिो । यस्तो समस्यामा तपाईले केही गर्न सक्नुहुन्न । यत्ति हो उचित आहार र विहारलाई जीवनशैलीसँग जोडेर कपाल झर्ने सम्भावनालाई कम गर्न सक्नुहुन्छ । या भनौ कपाल र्झन सहायक भूमिका निर्वाह गर्ने कुराबाट भने आफै जोगिनुपर्छ ।

कपाल झर्नबाट रोक्ने उपाय

अनुहारलाई सजाउन जति मेहनत गरिन्छ, त्यति नै कपालको पनि हेरचाह गर्नुपर्छ । तर जति अनुहारलाई ध्यान दिइन्छ त्यति नै कपाललाई भने ध्यान दिएको पाइँदैन । कपाल झर्नबाट रोक्न निम्न उपाय अपनाउन सकिन्छ ।

मेथी र दही

कपाल झर्ने समस्याबाट छुटाकार पाउन मेथी गुणकारी हुन्छ । मेथीलाई एकरातभरि पानीमा भिजाउने । त्यसपछि दहीमा मिलाएर पेष्ट तयार पार्ने अनि मेथी र दहीको पेष्ट कलापको जरासम्म लगाउने । यसलाई एक घन्टासम्म रहन दिने । यस्तो गर्नाले कलापको जरामा फाइदा पुग्ने र त्यसले कपालमा हुने चायालाई हटाउने गर्दछ । मेथीमा निकोटिनिक एसिड र प्रोटीन पाइन्छ । जसले कपालको जरासम्म पोषण पुगाइ कपाल उर्मान मद्दत गर्छ ।

उर्द अर्थात कालो दालको पेष्ट

कलो दाल अर्थात उर्दको दालको बाहिरी बोक्रालाई उमालेर पिस्ने र त्यसबाट बनेको लेपलाई कलापमा राति सुत्नुभन्दा अगाडि कपालको जरासम्म पुग्ने गरी लगाउने । लेप लगाइ सकेपछि सुत्ने बेला कपडा फोहोर नहोस् भनेर तौलियाले बाँधेर सुत्नुहोस् । यो प्रक्रिया तपाईले लगातार केही दिनसम्म गर्नुपछ । त्यसपछि कलाल आफै उमर्न थाल्छ ।

हरियो धनियाको पेस्ट

हरियो धनियाको पेस्ट बनाएर टाउकोमा लगाउँदा कपाल झर्ने समस्या हट्न सक्छ । हरियो धनियाको पेष्ट कपाल झरेको स्थानहरूमा लगाउनु पर्छ । यो कार्य एक महिनासम्म गर्नुपर्छ । त्यसपछि यसले आफ्नो काम गर्न सुरू गर्छ ।

केरा र कागती

एक कोशा केरामा कागतीको रस मिसाएर पेष्ट बनाउने । त्यसलाई कपालमा लगाउने । यसले पनि कलाप उमार्न मद्दत गर्छ । यसले कलाप झर्ने समस्यालाई पनि कम गराउँछ ।

प्याज

ठूलो प्याजलाई बीचबाट काटेर कपाल झरेको स्थानमा राखेर हल्कासँग चलाउने । यो कार्य प्रत्येक दिन छ मिनट गर्नुपर्छ । यसले कलाप झर्ने समस्या अन्त हुनुका साथै नयाँ कपाल उमर्न थाल्छ । 

विभिन्न पत्रपत्रिकाको सहयोगमा


Top